coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सामान्य रुघाखोकी र ज्वरो आउँदैमा नआत्तिन तर सावधानी अपनाउन आग्रह

सामान्य रुघाखोकी र ज्वरोको थोरै संकेत देखिन थाल्ने बित्तिकै कोरोनाको आशंकामा पीसीआर परीक्षणको माग हुन थालेपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले अवस्था सामान्य हुँदासम्म ‘होम क्वारेन्टिनमा’ मा बस्न आग्रह गरेको छ। अवस्था जटिल भएको, उच्च ज्वरो र रुघाखोकी, स्वाद थाहा नपाउने लगायतका लक्षण देखिएमा भने चिकित्सकको परामर्शमा जानु अनिवार्य हुने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले ठम्याएको छ।

‘रुघाखोकी र सामान्य ज्वरोकै कारण आत्तिने नभइ सावधानीपूवर्क होम क्वारेन्टिनमा बस्ने र अवस्था जटिल भएमा भने चिकित्सकको परामर्शमा जानु अनिवार्य छ’ कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले भने। उनले अवस्था जटिल भएको, कोरोनासंग मिल्लो जुल्दो लक्षण देखिएको अवस्थामा भने ताप्लेजुङ अस्पतालका चिकित्सक आफैंले पीसीआर परीक्षणको मापदण्ड निर्धारण गर्ने चापागाँईले जानकारी दिए। अहिले कोरोना संक्रमण वा कोरोना संक्रमणसंग मिल्लो जुल्दो लक्षण देखिएका बिरामीलाई चिकित्सकीय निगरानीमा राख्न ताप्लेजुङ अस्पतालमै १० शैयाको आइसोलेसन कक्ष निर्माण भएको छ।  

बिगतमा पनि रुघाखोकी र ज्वरोसहितका बिरामी देखिने गरेको स्मरण गर्दै कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले केहि शंका लागेमा होम क्वारेन्टिनमा सुरक्षित ढंगले रहन र अवस्था जटिल बन्ने अवस्थामा अस्पताल गएर चिकित्सकको परामर्श लिन आग्रह गरेको हो। स्वास्थ्य मन्त्रालयले उच्च ज्वरो, सुख्खा रुघाखोकी, सास फेर्न गाह्रो हुने, स्वाद थाहा नपाउने र पखाला लागेका व्यक्ति, संक्रमित व्यक्तिको निकट सम्पर्कमा पुगेका व्यक्तिहरुको ५ दिनपछि, अकस्मात् श्वास प्रश्वासमा समस्या आएका व्यक्ति र विदेशबाट फर्किएर कम्तिमा ५ देखि ७ दिन क्वारेन्टिनमा बसेका व्यक्तिको पीसीआर गर्नुपर्ने औंल्याएको छ।  

यसबाहेक कोरोना नियन्त्रण तथा व्यवस्थापनका कार्यमा अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्ति, आइसियुमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष नाघेका व्यक्तिको समेत पीसीआर गर्नुपर्ने सरकारी निश्कर्ष छ।

प्रकाशित: १५ आश्विन २०७७ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App