७ वैशाख २०८१ शुक्रबार
समाज

दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोप

बर्दियामा दुई जना सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा लागेको छ। केही दिनअघि कैलालीको सतिघाटमा कार्यरत सशस्त्र प्रहरीका दुई जवानलाई १४ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको हो।

जवरजस्ती करणी गरेको आरोप र उद्योगमा सशस्त्र प्रहरीका दुई जवानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाईएको छ।  

पीडित युवतीहरुलाई ज्यान मार्ने धम्की दिएका कारण हालसम्म घटना सार्वजनिक नभएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए।  

बालिकाको स्वास्थ्य अवस्था र व्यवहारमा देखिएको परिवर्तनका कारण पारिवारिक सोधपुछका क्रममा बलात्कार भएको घटना सार्वजनिक भएको पारिवारीक स्रोतले जानकारी गराएको छ।  

माछा मारेर घर फर्किने क्रममा शसस्त्र प्रहरीका दुई जवानले जवरजस्ती करणी गरेको पीडितका परिवारले जाहेरी दर्ता गरेको प्रहरीले जानकारी गराएको छ।  

अनुसन्धानका लागि आरोपित दुई सशस्त्र प्रहरीलाई जिल्ला प्रहरी कार्र्यालयमा बुझाएको अधिकारीले बताए।

प्रकाशित: १५ आश्विन २०७७ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App