coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकामा थपिए ९४३ संक्रमित, काठमाडौंमा ८१७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय १७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनामा संक्रमण देखिएको हो।

देशभर १९ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ९६१ जना कोरोना मुक्त भएका छन्।

अहिलेसम्म ७९ हजार ७ सय २८ जनामा संक्रमण भएको छ भने ५०९ जनाको मृत्यु भएको छ।

प्रकाशित: १५ आश्विन २०७७ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App