पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ।
यस्तै देशभर १९ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ९ सय ६१ जना कोरोना मुक्त भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ।
प्रकाशित: १५ आश्विन २०७७ १०:५० बिहीबार