नेपालमा पहिलो पटक कोरोना संक्रमणको कारण चिकित्सकको मृत्यु भएको छ। सुर्खेत अस्पतालमा कार्यरत ५८ वर्षीय सिनियर अर्थोसर्जन डा.हरि सापकोटाको बाँकेको भेरी अञ्चल अस्पतालमा बिहीबार निधन भएको नेपाल सरकारी चिकित्सक संघका महासचिव कृतिपाल सुवेदीले जानकारी दिए।
डा. सापकोटालाई कोरोना संक्रमण भएपछि १० दिन भेन्टिलेटरमा राखिएको थियो। डा. सापकोटाको भेरी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल सरकारी चिकित्सक संघका अध्यक्ष रबिन खड्गाले जानकारी दिए।
प्रकाशित: १५ आश्विन २०७७ १०:३६ बिहीबार