८ वैशाख २०८१ शनिबार
समाज

रानीपोखरीको मन्दिरको शिरमा गजूर राखियो

बालगोपालेश्वर मन्दिरको शिरमा गजूर प्रतिस्थापन गरिएको छ। रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार बिहान ८ बजे सामान्य पुजापाठ गरेर गजूर राखिएको हो। रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर  मन्दिर २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो। गजूर एक सय २३ किलोको गजुरमा ३२.८३ तोला सुनको लेपन लगाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले बताए।  

‘रानीपोखरीमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वरको मन्दिरमा गजूर  राखिएको छ।  २०७२ सालको भूकम्पको कारण मन्दिरमा क्षति पुगेको पछि गजूर निकालिएको थियो’, उनले भने ‘मन्दिरको गजूर निकाल्दा र राख्द पूजापाठ गरेर मात्रै राख्ने प्रचलन रहेकोले आज सामान्य पूजापाठ गरि विधिवत रुपमा राखिएको छ। अब रानीपोखरी पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।’

तिहारका दिन विशेष महत्वकासाथ खुल्ने बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भएसँगै आउँदो तिहारमा मानिसहरुको चहपलह सुरु हुने मानन्धरले बताए।  उनका अनुसार रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ। वि.सं. २०७२ को भूकम्पले क्षति पुर्याएको रानीपोखरी अहिले पुनर्निर्माण अन्तिम चरणमा पुगेको उनले बताए।  

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरका रूपमा निर्माण भएको रानीपोखरी सुन्दर र मनमोहक स्वरूपमा देखिएको उनको भनाइ छ।  

‘रानीपोखरी पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ। रानीपोखरीलाई थप आकर्षक बनाउने, गार्डेन बनाउने काम भइरहेका छन’, मानन्धरले भने, अहिले सरसफाई गर्ने काम भइरहेको छ ।’  बालगोपालेश्वर मन्दिर प्रताप मल्लका पालामा बनेको शैलीमा बनाइएको छ। रानीपोखरीको स्वरूप, प्रविधि र संरचना पनि प्राचीनकालकै रहेको उनले बताए।

प्रकाशित: १५ आश्विन २०७७ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App