coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुमधुर बन्दै सेना नागरिक सम्बन्ध

तत्कालिन नेकपा माओवादी र राज्यपक्षबीच भइरहेको सशस्त्र युद्धका क्रममा नेपाली सेना र जनता बीचको सम्बन्ध चिसिएको थियो। जनता सेना देख्ने वित्तिकै त्रासिद हुन्थ्ये। सेना जनतासंग घुलमिल हुन चाहान्थ्यो। तर जनताको मन जीत्न सकेको थिएन।  

तर पछिल्लो समयमा सेना देख्ने वित्तिकै जनता सुरक्षाको अनुभुति गर्न थालेका छन्। आपत विपत परेको बेला नेपाली सेना सारथी बन्ने गरेको छ। अस्पतालमा रक्तदान गरेर जीवन बचाउनेदेखि भौतिक संरचना निर्माण गरेर परिस्थिती सहज बनाउनेसम्मको काम सेनाले गरिरहेको छ।  

असहज अवस्थालाई सहज बनाउँदै जनताको हरेक सुखदुखमा सेना प्रत्यक्ष संलग्न छ। जनता र नागरिकबीचको सम्बन्ध प्रगाढ बनिरहेको श्री नं २४ बाहिनीका बाहिनीपति यामबहादुर सापकोटा बताउँछन्। नेपाली सेना जनताको सेना हो। काम गर्दै जाँदा राम्रो नराम्रो त भइ नै हाल्छ, बाहिनीपति सापकोटाले भने, ‘समझदारी ढंगबाट अघि बढ्नुपर्छ। देश विकासका लागि उन्मुख हुनुपर्छ। हामी जनतालाई अनावश्यक दुःख दिन चाहादैनौँ। जनताको असल साथीको भूमिका निर्वाह गर्न चाहान्छौँ र गरिरहेका छौँ।’

जुम्लाका पत्रकारहरुसंग भेटघाटका क्रममा बाहिनीपति सापकोटाले देश निर्माणमा सेना, पुलिस, जनता सबै एक भएर लाग्नु पर्ने बताए। संकटकालमा जनताले दुःख पाए। त्यो बाध्यता थियो। अहिले निकै सहज परिस्थिति बनेको छ। बाहिनीपति सापकोटाले भने,‘जनता पानीसहितको पोखरी हो। हामी माछा हौँ। पानी विना माछा जीवित रहन सक्दैन।’ बाहिनीपति सापकोटाले निसन्देह पूर्वक अघि बढ्न सकेको खण्डमा समृद्धि खोज्न लामो समय पर्खनु नपर्ने बताए।  

बाहिनीपति सापकोटाले सेना र नागरिकबीचको सम्बन्धका बारेमा पत्रकारहरुलाई कलम चलाइदिन आग्रह गर्दै भने,‘तपाइहरु राम्रो समाचार लेखिदिनुस, भेरीफाई गर्नुस,जनताको माझमा पुर्याउनुस। सत्य तथ्य र सन्तुलित भएर कलम चलाइदिनुस। यसैमा समृद्धि भेटिनेछ।’ बाहिनीपति सापकोटाले आफू कृषि र सूचना सञ्चारका क्षेत्रमा बढी चासो राख्ने गरेको अनुभव बताए।

अधिवक्ता तथा वरिष्ठ पत्रकार नरेन्द्रनाथ योगीले सेना र नागरिकबीचको सम्बन्ध पानी र माछाको जस्तो हुनु पर्ने बताए। उनले भने,‘नेपाली सेनाले जनता आपतविपतमा पर्दा असल साथीको भूमिका निर्वाह गरिरहेको छ। यो कोरोना महामारीमा पनि यो भूमिकाको खाँचो छ। नागरिक सुरक्षामा सेनाको भूमिका बढाउनु पर्ने देखिन्छ।’

सेनाले जनता र नागरिक बीचमा राम्रो समन्वयकारी भुमिका खेलिरहेको छ। गाउँमा विद्यालय निर्माण गर्नेदेखि हरेक समस्यामा सारथी बनिरहेको छ। बाढी पहिरो र घटना, दुर्घटनामा साथ दिएको छ। नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाही समुदायमा सेनाको सम्बन्ध राम्रो भएको बताउँछन्। उनले भने,’समुदायमा सम्बन्ध राम्रो छ। सेना गाउँ प्रवेश गरे सुरक्षाको अनुभुति भइरहेको छ। सेना सहयोगी निकाय हो। अझै जनसम्वन्ध विस्तारका लागि अघि बढ्नुपर्छ। मिडियासंगको साझेदारी पनि उदाहरणीय नै छ।’ जनतालाई सैन्य अनुशासन, काम गर्ने तौरतरिकाबारे सिकाउनु पर्नेमा उनले जोड दिए।

सामान्य लगानीमा सेनाले जुम्लामा उदाहरणीय कार्य गरिरहेको छ। यो राम्रो कामको सन्देश जताततै फैलाउनु पर्ने स्थानीय बताउँछन्। नन्दबक्स गणका गणपति दिवाकर रायमाझी नागरिक सेना सम्वन्ध निकै सुमधुर बनिरहेको बताउँछन्। उनले भने,‘नागरिक र सेना बीचको असल सम्बन्धले मात्र शान्ति स्थानीयत्व कायम गर्न सकिन्छ। विकास निर्माणदेखि हरेक कार्यमा नागरिकसंग समन्वय गर्न सेना तत्पर छ।’

प्रकाशित: १५ आश्विन २०७७ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App