८ वैशाख २०८१ शनिबार
समाज

बेपत्ता बाबु खोज्दै जुम्ला पुगेका बालबालिकालाई सुर्खेत पठाइयो

बेपत्ता बाबु खोज्दै भारतको पञ्जाबदेखि कैलाली जिल्ला हुँदै जुम्ला पुगेका ४ बालबालिकालाई सुर्खेत पठाइएको छ। बेवारिसे अवस्थामा भेटिएका बालबालिकालाई पुर्नस्थापनाका लागि सुर्खेत पठाइएको हो।  

स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति र  सरोकारवालाहरुको सहयोगमा बेवारिसे अवस्थामा बाबु खोज्दै जुम्ला पुगेका बालबालिकाको पहिचान खुलेपछि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी माधव काफ्लेले जानकारी दिए।  

महिलाहरुका लागि अल्पकालिन आश्रयसहितको सेवा केन्द्र जुम्लामा राखिएका बालबालिकाको पहिचान खुलेपछि बास र अध्ययनका लागि प्रहरीको साथमा बालबालिका सुर्खेत पठाइएको हो। डिएसपी काफ्लेका अनुसार बालबालिकाले आफ्नो नाम र ठेगना फरक दिइएको भेटिएको छ।  

अहिले वास्तबिक ठेगाना पहिचान भइसकेको छ। डिएसपी काफ्ले भन्छन्,‘नाम ठेगना पहिचान भएपछि सुर्खेत पठाउन निकै सहज भयो।’ १७ वर्षीया मधु भनिएकी सुनिता परियार भएको र उनका बाबुको नाम अमर परियार भएको खुलेको प्रहरीले जनाएको छ। सुनितासंगै रहेको तीन वर्षको बच्चा आफ्नै भएको खुलेको छ।  

सुनिताले तीन वर्षको बच्चालाई कान्छो भाई भन्दै आइरहेकी थिइन्। अर्का गित भन्ने कबिता परियार भएको र  कविताको आमाको निधन भईसकेपछि कान्छी श्रीमती ल्याएका र शारीरिक तथा मानसिक हिंसामा परि कामको खोजीमा जुम्ला आएको उनीहरुले बताएका छन्। बेवारिसे अवस्थामा बाबु खोज्दै आएका उनीहरुको स्थानीय प्रशासन र प्रहरी, सेवा केन्द्रको सहयोगमा अल्पकालिन आश्रयका लागि सेवा केन्द्रमा राखिएको थियो।  

उनीहरुलाई जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख माधव काफ्ले चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाई, आश्रय केन्द्रका अध्यक्ष भगवती श्रेष्ठसहितको टोलीले सुर्खेत पठाएको हो। सुर्खेतमा कोपिला भ्याली र मानवसेवा आश्रममा तत्कालिन पुर्नस्थापनाका लागि कुरा भएको सेवा केन्द्रकी अध्यक्ष श्रेष्ठले जानकारी दिइन्।  

जुम्लामा पुगेका ती बालबालिकाले झण्डै एक साता काम गरिरहेका मजदुरको खाना पकाएर गुजारा चलाएका थिए।  

भारतको पञ्जाबबाट बाबु खोज्दै कैलाली पुगेको ती बालबालिकाले बाबुले घरखेत सबै बेचेको भन्दै कामको खोजीका लागि जुम्ला आइपुगेको बताएका थिए। बाबुले अर्की श्रीमती ल्याएर आफूहरु बिचल्लीमा परेको बयान दिएका थिए।

प्रकाशित: १५ आश्विन २०७७ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App