७ वैशाख २०८१ शुक्रबार
समाज

सिरानचोक गाउँपालिकाको सेवा बन्द, प्रहरी चौकी सिल

गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिरानचोक गाउँपालिकाले आजदेखि सेवा बन्द गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बुधवार सूचना जारी गर्दै कर्मचारीलाई कोरोना देखिएकाले एक साताको लागि गाउँपालिकाको सबै सेवा बन्द गरिएको जानकारी दिए। २९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

यस्तै गोरखा नगरपालिका ११ स्थित बाह्रकिलो चौकीमा कार्यररत एक प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रहरी चौकी सिल गरिएको छ। चौकीका सबै प्रहरी क्वारेन्टिनमा बसेको र संक्रमित आइशोलेसनमा रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए। अर्को सुचना जारी नगर्दा सम्म चौकीबाट दिईने सेवा १२ किलोमिटर दुरीमा रहेको जिल्ला प्रहरी कार्यालयबाट दिईने उनले बताए।  

प्रहरी र कर्मचारी सहित बुधवार गोरखामा पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित: १५ आश्विन २०७७ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App