coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्पतालमा भर्ना भएको करिब १५ मिनेटभित्रै कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ। इटहरी ६, सुनसरीका ५६ बर्षीय पुरुषको हिजो राती पौने १० बजे  निधन भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक विराट मेडिकल कलेजबाट हिजो राती नै रिफर भएर आएका थिए। उनलाई राती ९ बजेर ३० मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनी गम्भीर अवस्थामा भर्ना भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए। कोभिड अस्पतालमा भर्ना भएको करिब १५ मिनेटभित्र नै उनको निधन भएको हो।

मृतकलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो, खोकी, श्वासप्रस्वाशमा कठिन भएर र कोभिड पुष्टि भएपछि विराट मेडिकल कलेजले धरान रिफर गरेको थियो। प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

प्रकाशित: १५ आश्विन २०७७ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App