coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

७ एसओएसबाट निकालिएपछि भौतारिँदै सडकमा

सानैमा आमा बितिन्, बाबुले चासो दिएनन्। हजुरआमाको सहारामा बस्दै आएका बालकलाई इटहरीको एसओएस हर्मन माइनर विद्यालयले संरक्षण दियो। अभिभावक र आफन्त गुमाउनुका साथै आर्थिक रूपले पिछडिएका बालबालिका संरक्षण गर्दै आएको एसओएसको कक्षा १० मा अध्ययनरत छात्र १६ बर्से आशनारायण चौधरीबाट असारमा अनपेक्षित घटना भयो चोरी। एसओएसभित्रै चोरी गरेपछि आचरण सुधार गर्ने नाममा अभिभावकको जिम्मा लगाइयो।  

आशनारायणलाई बाबु मोरङ सुन्दरहरैंचा–५ निवासी रामचन्द्रको जिम्मा दिइयो। आचरण सुधार्नकै लागि झुम्काको नमुना स्कुलमा कक्षा १० मा पढाउने भनेर सहमति गरियो। एसओएसले बाबु रामचन्द्रको जिम्मा लगाएको तीन दिनसम्म आशानारायण घरमै बसे। त्यसपछि आशनारायण घर छाडेर हिँडे। उनले घर छाडेर हिँडेपछि केही दिनसम्म यताउति भौतारिए। भौतारिँदै हिँड्ने क्रममा मोरङको कानेपोखरी पुगे। कानेपोखरीमा निगुरो टिपेर सडकछेउमा बग्रेल्ती बिक्री गरेको देखे। उनले पनि त्यही काम गर्न थाले। त्यसपछि आशनारायण स्कुलमा पढाइ हुने हल्ला चलेपछि झुम्का आए। तर, स्कुल नचलेपछि त्यत्तिकै सडकमै बस्न थाले। दिनभर नमुना स्कुलछेउमा मागेर खाने र रात परेपछि रुखको फेदमा बसेको पनि थुप्रै दिन बितिसकेको उनले बताए।

आशनारायण स्कुलमा पढाइ हुने हल्ला चलेपछि झुम्का आए। तर, स्कुल नचलेपछि त्यत्तिकै सडकमै बस्न थाले। दिनभर नमुना स्कुलछेउमा मागेर खाने र रात परेपछि रुखको फेदमा बसेको पनि थुप्रै दिन बितिसकेको उनले बताए।  

रिपोर्टिङको क्रममा झुम्का नमुना स्कुलनजिकै भेट्दा उनले भने, ‘मैले एउटा सानो काम बिगार गरेँ, एसओएसबाट निकालिएँ र घरमा बाबुको जिम्मा दिइयो। बाबुले सानिमा बिहे गर्नुभएको रहेछ, सानिमाले बस्न नदिएपछि घर छाडेर हिँडे।’ उनी यसरी सडकमै भौतारिँदै सडक बालककै रूपमा हिँडेपछि उनको भविष्य अन्योलमा परेको छ। ‘म कक्षा १० मा पढ्दा आशनारायण भाइ कक्षा ५ मा पढ्थे, सानो घटना घटाएकै निहुँमा एसओएसले पनि निकाल्नु जाजय होइन,’ एसओएसकै पूर्वविद्यार्थी विशान्त थापाले भने। आशनारायणका बाबु रामचन्द्रले भने छोरा आफूसँग घरमा बस्नै नमानेको जिकिर गरे। ‘छोरालाई बल्ल झुम्काबाट भेट्टाएका छौं, अब के गर्ने भनेर एसओएससँग पनि छलफल भइरहेको छ,’ उनले भने।  

एसओएसका निर्देशक देवचरण चौधरीले समग्र एसओएसको वातावरण धुमिल हुने भएपछि आशनारायणलाई परिवारसँग पुनर्मिलन गराएर जिम्मा लगाएको बताए। ‘एसओएसले नै कक्षा १० को पढाइ पूरा गराउन खर्च बेर्होने गरी नमुना स्कुल झुम्कामा होस्टलमा राख्ने गरी अभिभावकलाई हस्तान्तरण गरेको हो,’ चौधरीले भने, ‘अहिले पछिल्लो घटनाक्रम भएपछि के गर्ने ? भन्ने सवालमा अभिभावकसँग छलफल गरेर टुंगोमा पुगिनेछ।’ 

प्रकाशित: १५ आश्विन २०७७ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App