coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानसेनापतिको पिसिआर रिपोर्ट नेगेटिभ

भान्सेलाई कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

भान्सामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनी आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका थिए। थापा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका र मापदण्डअनुसार सुरक्षा सजगता अपनाइ सेल्फ आइसोलेसनमा बसेका थिए। यसअघि गत भदौ पहिलो सता पनि प्रधानसेनापति थापा छाउनीस्थित सिसिएमसी बैठकमा खाजा तथा चिया ल्याउने व्यक्तिमा कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बसेका थिए। तर पछि पिरिआर रिपोर्ट परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

प्रकाशित: १५ आश्विन २०७७ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App