६ चैत्र २०८० मंगलबार
समाज

बाँकेमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

बाँकेमा कोरोना सङ्क्रणका कारण आज थप एक जनाको ज्यान गएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका-१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ।

श्वासप्रश्वासमा समस्या भएपछि ती महिला यही असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन्। उनको त्यसै दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो। त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो। उनको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको केन्द्रले जनाएको छ। योसँगै बाँकेमा कोरानाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।

प्रकाशित: १४ आश्विन २०७७ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App