८ वैशाख २०८१ शनिबार
समाज

प्रेममा असफल भएको भन्दै कपिलवस्तुमा एक जोडीले गरे आत्महत्या

प्रेममा असफल भएको भन्दै कपिलवस्तुको शिवराजनगरपालिका–१ उमरीमा एक जोडीले आत्महत्या गरेका छन्। परिवार र समाजले आफूहरुलाई एक हुन नदिएको भन्दै निराश भएर उनीहरुले एउटै सलमा झुण्डिएर देहत्याग गरेका हुन्।  

वडा प्रहरी कार्यालय चन्द्रौटा अनुसार सोमबार राति उमुरीका एक प्रेम जोडीले आपको रुखमा सलले पसो लगाई आत्महत्या गरेका छन्। २३ वर्षीय रामदेव थारु र २० वर्षीया बिष्णु थारुले आपको रुखमा सलको पासो बनाई अत्महत्या गरेका वडा प्रहरी कायालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।  

बिगत १ वर्षदेखि दुबै बीच गहिरो प्रेम थियो। सुरुमा केटा पक्षले केटीको घरमा बिवाहको प्रस्ताव लिएर जाँदा केटीको परिवारले मानेका थिएनन्। प्रेम सम्बन्धका बीच केटा पक्षका अभिभावकले मृतक रामदेवको बिवाह बुद्धुभमी नगरपालिकाकी एक युवतीसंग गराएका थिए।  

सो बिवाह पश्चात् पनि रामेदव र बिष्णु बीच प्रेम सम्बन्ध जारी थियो। बिवाह गरेको केही महिना मै रामेदवले बिष्णुलाई समेत भगाएर घर मै भित्र्याए। त्यसपछि परिवारमा झनै किचलो हुँदै गयो। पटक पटक प्रहरीमा उजुरी दिने र पक्राउ गर्ने गरिएपछि रामेदव र बिष्णु निराश बनेका थिए।  

गत शनिबार पनि रामदेवको परिवारको उजुरीका आधारमा द’बैलाई पक्राउ गरिएको थियो। रामेदवले आफ्नो श्रीमतीलाई घर राख्ने र प्रेमिका बिष्णुलाई आफ्नो घर पठाउने  सहमति भएको थियो। पटक पटकको तनावपछि दुबैले एकै साथ मर्ने निर्णय गरेका थिए। घटना अघि मृतक रामेदव र बिष्णु आ–आफ्नै घरमा थिए।  

गत सोमबार राति दुबै जनाले भेट गरी आपसी सल्लाह अनुसार आत्महत्या गरेको प्रहरी निरीक्षक खरेलले बताए। मुर्न अघि दुबै जनाले आआफ्नो बुवालाई मोबाईलबाट फोन समेत गरेका थिए। कुरा गरे लगत्तै फोन स्विचफ गरेका थिए। उमुरीका स्थानीय सिताराम चौधरीले घटना दुःखद भएको बताए। प्रेममा असफल भएको र आफूहरु एक हुन नसक्ने भएको भन्दै दुबैले आबेगमा आएर आत्महत्या गरेको उनले बताए।  

कपिलवस्तुमा एक वर्षमा १२९ जनाद्वारा आत्महत्या

कपिलवस्तुका एक वर्षमा १ सय २९ जनाले आत्महत्या गरेका छन्। गत आर्थिक वर्ष २०७६÷७७ मा सो आत्महत्याका घटना भएका हुन्। जिल्ला प्रहरी कार्यालय अनुसार ८८ जना झुण्डिएर, ४० जना बिष सेवन र एक जना हामफोलर आत्महत्या गरेका हुन्। एक जनाले भने आत्महत्याको दुरुत्साहन गरेका थिए।  

यस्तै चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी २५ जनाले आत्महत्या गरेका छन्। जसमा २२ जना झुण्डिएर र ३ जनाले बिष सेवन गरी आत्महत्या गरेका थिए। एक जनाले आत्महत्याको दुरुत्साहन गरेका थिए। कोरोना भाइरसका कारण गत चैत ११ गतेदेखि जारी लकडाउन यता आत्महत्याका घटना बढेको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।  

 

प्रकाशित: १४ आश्विन २०७७ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App