coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट रौतहटमा एकको मृत्यु, दुई घाइते

बाघको आक्रमणबाट रौतहटमा एक जना युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बाघको आक्रमणबाट मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ६ चिमनीटोलका २७ वर्षीय संगम भण्डारी रहेका छन्।  

मंगलबार जंगलमा घाँस लिन गएको समयदेखि हराइरहेका भण्डारीको शव जिल्ला वन कार्यालय र प्रहरीको संयुक्त टोलीले बुधबार फेला पारेको थियो। भण्डारीको कम्मरभन्दा मुनिको भाग बाघले खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।  

भण्डारी घाँस लिन मंगलबार जंगल गएको तर साँझसम्म नफर्केपछि गाउँकै युवाहरुको टोली खोज्न निस्केका थिए। युवाको टोलीमाथि नै बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट स्थानीय २८ वर्षका अशोक थापा र ३५ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका छन्।  

बाघको आक्रमण भएर एक जना युवकको मृत्यु र अर्का दुई जना घाइते भएपछि स्थानीयबासीमा त्रासको वातावरण देखिएको छ।

प्रकाशित: १४ आश्विन २०७७ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App