७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा टोकन प्रणालीमा नागरिकता

जिल्ला प्रशासन कार्यालय रौतहटले टोकन प्रणालीमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने भएको छ। कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड बढ्न थालेपछि टोकन प्रणाली अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।  

यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटबाट वितरण हुने स्थानीय तहगत रुपमा दैनिक सेवा प्रवाह भइरहेकोमा भीडभाड अत्यधिक हुन गएकोले त्यो प्रावधान हटाइ टोकन प्रणालीमा आधारित सेवा प्रवाह हुने व्यवस्था मिलाइएको प्रजिअ यादवको भनाइ छ।

लामो लकडाउनपछि कार्यालयहरु खुल्दा सेवाग्राहीको चाप हुने कार्यालयहरुमा भीडभाड निकै बढेको छ। भिडले सामाजिक दूरी नअपनाउने तथा सुरक्षाका अन्य उपायमा त्यत्ति गम्भीर देखिने प्रवृत्ति नदेखिएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयमा पनि सेवाग्राहीको भीड धेरै भएको र सेवाग्राहीले नै सेवा पाउन अप्ठ्यारो भएकोले टोकन प्रणाली अपनाइएको हो।

टोकन प्रणालीअनुसार हरेक दिन नयाँ नागरिकता साठी जनाले र नागरिकताको प्रतिलिलि तीस जनाले लिन पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने अन्य सेवाहरु भने पेश भएअनुसार हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।  

विस्तारै केही दिनमा सेवाग्राहीको चाप कम हुने र सम्पूर्ण काम सामान्य अवस्थामा पुग्ने विश्वास जिल्ला प्रशासन कार्यालय रौतहटको रहेको छ।

प्रकाशित: १४ आश्विन २०७७ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App