४ वैशाख २०८१ मंगलबार
समाज

वीपीमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।  

राजविराज ४, सप्तरीका ३९ वर्षीय पुरुषको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उनको आज बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको हो। मृतकलाई असोज १० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  

मृतक विराटनगरस्थित गोल्डेन हस्पिटलबाट रिफर भएर वीपीमा आएका थिए। उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृतकलाई विगत १० वर्षदेखि मधुमेह, उच्चरक्तचापसँगै मिर्गौलाको दीर्घकालिन समस्या भएर डाइलासिस भइरहेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए।

वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको कुलसंख्या ३७ पुगेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए।

प्रकाशित: १४ आश्विन २०७७ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App