coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य

रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा नेपालमा सन् २०३० सम्ममा रेविज रोगको मृत्युदर शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए।  

आज ‘रेविज अन्त्यको लागि सहकार्य र खोप पुरा गर्न सबै जना हातेमालो गरौँ’ भन्ने नाराका साथ रेविज दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। महाशाखाले दिवसको अवसरमा रेविजबाट बच्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। रेविज कुकुरको टोकाइबाट मानिसमा सर्ने रोग हो। एशिया महादेशमा रेविज रोगको कारणले प्रत्येक वर्ष करिव ३५ हजार मानिसको अकालमा मृत्यु हुने गरेको बताइएको छ। महाशाखाका निर्देशक डा पाण्डेका अनुसार रेविज रोगबाट आव २०७३र०७४ मा ८ , २०७४/०७५ मा ३२ र २०७५/०७६ मा १८ जनाले ज्यान गुमाएका थिए । रेविज रोग नियन्त्रणको लागि राष्ट्रिय मापदण्ड बनाई उच्च प्राथमिकता राखिएको उनले जानकारी दिए। रासस

 

प्रकाशित: १२ आश्विन २०७७ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App