coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बर्दियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार बर्दियामा एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्।  भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ३४ जनामा गरिएको परीक्षणमा बर्दियाका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए।  

संक्रमण पुष्टि भएका मध्ये बाँसगढी नगरपालिकाका ४ जना, गुलरिया नगरपालिकाका ४ जना, राजापुर नगरपालिकाका एक जना र जिल्ला प्रहरी कार्यालय बर्दियाका ९ जना प्रहरी समेत रहेका छन्। १७ जना पुरुष र १ जना महिलालाई कोरोना संक्रमण देखिएको हो।  

१ सय ३४ जनामा गरिएको परिक्षणमा बर्दियाका १८ जनालाई कोेरोना संक्रमण देखिएको भेरी अस्पतालको आधिकारीक फेसबुकमा उल्लेख छ।  

 

प्रकाशित: १२ आश्विन २०७७ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App