coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

प्रतिकात्मक तस्बिर

धादिङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।  

चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।  

पीडितका आमा र भाइ घर नभएका बेला पछिल्लोपटक यही असोज ८ गते बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छन्। प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।  

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छन्। आरोपित बाबुले आफूलाई ५ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौं जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो।

प्रकाशित: १२ आश्विन २०७७ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App