coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकामा एकै दिन थपिए ८ सय १७ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा संक्रमण देखिएको हो।

देशभर १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ४३ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म ७४ हजार ७ सय ४५ जनामा संक्रमण भएको छ भने ४ सय ८१ जनाको मृत्यु भएको छ।  

 

प्रकाशित: १२ आश्विन २०७७ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App