१२ कार्तिक २०७७ बुधबार
समाज

बाँझो जग्गाको सदुपयोग गर्नेलाई प्रति हेक्टर ३ हजार नगद

बेनी नगरपालिका वडा नं ९ मा खेर गएको जमिनमा खोले साग लगाउँदै किसान। तस्बिर: हरिकृष्ण

बाँझो जग्गाको सदुपयोग गर्नेलाई कृषि ज्ञान केन्द्र म्याग्दीले नगद अनुदान दिने भएको छ।  कृषि व्यवसायमा आकर्षण बढाउन र गाँउघरमै रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक वर्ष ७७/७८ मा म्याग्दी र मुस्ताङलाई २४ लाख बजेट विनियोजन गरेको हो।  दुवै जिल्लामा बाँझो जग्गामा ब्यवसायीक खेती प्रोत्साहन कार्यक्रम अन्तर्गत तीनबर्षसम्म लगातार बाँझो राखिएको जग्गालाई स्थलगत अनुगमनपछि न्यूनतम ३ हेक्टर जमिनलाई प्रति हेक्टर ३ हजार अनुदान दिने केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए।  

‘बाँझो जग्गाको सदुपयोगका लागि थुप्रै कार्यक्रम छन्,‘जमिनको सदुपयोग गर्नेलाई अनुदानको कमी छैन’ पाण्डेले भने।  उनका अनुसार मुस्ताङको तुलनामा म्याग्दीमा धेरै जग्गा बाँझो रहेकाले अनुदानसँगै अन्य कार्यक्रमबाट समेत जमिनको सदुपयोग गर्न सकिने बताए।  ‘केन्द्रमा अनुदानै अनुदानको कार्यक्रम छ,‘जमिन बाँझो रहेकालाई सम्पर्क गर्न अनुरोध गछौं’ पाण्डेले भने।  उनले  बाँझो जग्गाको सदुपयोग गर्ने समुहिक टोलीलाई तरकारी, प्राङ्गारिक मल, फलफुल लगायतका अन्य अनुदानसँग समेत जोड्न सकिने केन्द्रले जनाएको छ।  एउटै किसानलाई धेरै अनुदानका कार्यक्रम भन्दा पहिलोपटक अनुदानमार्फत कृषि खेतीमा सक्रिय हुनेलाई प्रोत्साहन गरिने केन्द्रको भनाई छ।  कोरोनाको जोखिमसँगै घर फर्किएका यूवाहरुले धमाधम कृषि खेतीतर्फ लागेपछि अनुदान बजेटभन्दा धेरै माग आउने अवस्था रहेको केन्द्रका कर्मचारीको भनाई छ।  

जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने भएकाले खाद्यान्न बाली र तरकारी बाली अन्तर्गतका अनुदान समेत दिन सकिने जनाएको छ।  आव ७७/७८ को वार्षिक स्वीकृति कार्यक्रमको सार्वजनिकण कार्यक्रममा खुल्ला जमिनमा तरकारी खेती गर्ने कृषकले प्रति रोपनी ३ हजार र प्लाष्टिकको घरभित्र गर्ने कृषकले प्रति १ सय बर्गकिलोमिटरले ३ हजार प्रोत्साहन नगद प्राप्त गर्ने जनाइएको छ।  केन्द्रमार्फत बार्षिक करिब ११ करोड बजेटमा म्याग्दी र मुस्ताङ जिल्लामा किसानकै हातमा पुग्ने करिब ९ करोड बजेट रहेको छ।  

 

 

 

प्रकाशित: १२ आश्विन २०७७ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App