coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नदी किनारमा महिलाको शव फेला

अर्धनग्न अवस्थामा चमेलिया नदी किनारमा एक महिलाको शव फेला परेको छ। आइतबार दिउँसो दशरथचन्द नगरपालिका–६ सेरानजिक करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो। मृतक महिलाको परिचय खुल्न नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

चमेलिया नदी किनारमा शव फेला परेकाले बगेर आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। शव सड्न लागेको अवस्थामा छ, शरीरको माथिल्लो भागमा रातो बुट्टा भएको सुट र घाँटीमा रातो पोते लगाएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए। महिलाको शव जिल्ला अस्पताल बैतडीको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७७ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App