७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश १ मा एकैदिन १ सय ८१ संक्रमित थपिए

मोरङमा १ सय ६७ जना कोरोना भाइरसका संक्रमितसँगै प्रदेश १ मा आइतबार १ सय ८१ जना थपिएका छन्। प्रदेशमा यो दैनिक हुने संक्रमतिको संख्यामा अहिलेसम्मकै उच्च हो। प्रदेशको सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएके छ। संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन्। त्यस्तै मोरङकै मोरङको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैँचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

उता सुनसरीको दुहबीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १–१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १–१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ।

प्रदेशमा ३६ जना डिस्चार्ज भए। इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र रतुवामाईबाट १२, न्यूरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट २ जना डिस्चार्ज भएका छन्। प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय २५ पुगेको छ।

प्रदेशमा आइतबार ९ सय ६७ जनाको पिसिआर परीक्षण भएको छ। परीक्षण भएकामध्ये ६५ महिला र १ सय १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख २० हजार ९ सय ९० जनाको पिसिआर परीक्षण भएको विकास मन्त्रालयले जनाएको छ।

अस्पतालको गेटमा पुग्दै संक्रमितको मृत्यु
झापाबाट उपचारका लागि ल्याइएका एक पुरुषको शनिबार राति विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ।

झापा कनकाई–९ का ४७ वर्षीय पुरुषलाई थप उपचारका लागि विराटनगर ल्याइएको अस्पतालले जनाएको छ। मोरङका जनस्वास्थ्य प्रमुख तथा केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार झापाबाट ल्याइएका संक्रमित पुरुषलाई एम्बुलेन्सबाट झिक्दाझिक्दै शनिबार राति १०ः४५ बजे मृत्यु भएको हो।पुरुषको शरीर कमजोर हुने, ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। भदौ ८ गते कोरोना पुष्टि भएपछि पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको बस्नेतले जानकारी दिए।

मेची अस्पतालमा उपचाद गर्दागर्दै अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि विराटनगर ल्याइएको थियो। ‘उपचारका लागि आइसोलेसनमा लैजानलाई एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमितको मृत्यु भयो,’ बस्नेतले भने, ‘स्वास्थ्य अवस्था नाजुक भएर थप उपचारका लागि ल्याइएको रहेछ।’यसैसँगै प्रदेश १ मा हालसम्म कोरोनाबाट १८ महिला र ४५ पुरुष गरी ६३ जनाको मृत्यु भएको छ। प्रदेशका मात्रै १६ महिला र ३४ पुरुष गरी ५० जनाको मृत्यु भएको छ भने बाँकी प्रदेश १ बाहिरको रहेको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७७ ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App