१६ चैत्र २०८० शुक्रबार
समाज

भान्छे कोरोना संक्रमित भएपछि प्रधानसेनापति सेल्फ आइसोलेसनमा

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि सेल्फ आइसोलेसनमा बसेका छन्। प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका हुन्।

प्रधानसेनापति थापाले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका र मापदण्ड अनुसार सुरक्षा सजगता अपनाइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। प्रधानसेनापति थापा यसअघि भदौ दोस्रो साता छाउनीस्थित सिसिएमसी बैठकमा खाजा तथा चिया ल्याउने व्यक्तिमा कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बसेका थिए। तर पछि पिसिआर रिपोर्ट परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएपछि नियमित काममा जुटेका थिए।

कोरोना नियन्त्रण तथा रोकथाममा अग्र भागमा रहेर खटिइरहेको नेपाली सेनाका तल्लोदेखि माथिल्लो दर्जासम्मका अधिकारीहरु संक्रमण हुने क्रम बढिरहेको छ भने केहीले ज्यानसमेत गुमाइसकेका छन्।

प्रकाशित: १२ आश्विन २०७७ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App