७ वैशाख २०८१ शुक्रबार
समाज

दुई हजार लाभग्राहीले घर बनाउने सम्झौता नै गरेनन्

भूकम्पको पाँच वर्ष बितिसक्दा केन्द्रबिन्दु जिल्ला गोरखाका दुई हजार ७९ जना लाभग्राहीले अनुदान सम्झौता नै गरेका छैनन्। निजी अवास पुनः निर्माण गर्न लाभग्राहीले प्रति घर तीन लाख रुपैयाँ अनुदान दिएको रकम लिन बाँकी तीन प्रतिशत लाभग्राही छन्।  

‘पहिचान भएका ६६ हजार ९ सय ७ जना लाभग्राही मध्ये ६४ हजार आठ सय २८ घरधनीले माात्रै सम्झौता गरेका छन्’ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का प्रमुख रामशरण आचार्यले बताए।  

सम्झौता गर्न बाँकी लाभग्राही मध्ये सबैभन्दा धेरै पालुङटार नगरपालिकामा रहेका छन्। त्यहाँ लाभग्राही कायम भएका मध्ये आठ सय २४ जनाले अनुदान सम्झौता गरेका छैनन्। गण्डकी गाउँपालिकामा छ सय नौ जना, गोरखा नगरपालिकामा पाँच सय ३१ जना, सिरानचोक गाउँपालिकामा तीन सय ४३ जनाको सम्झौता हुन बाँकी छ। स्थानीय तहले पटक पटक अनुदान सम्झौता गर्न अनुरोध गर्दा लाभग्राहीले नै चासो नदिएको बताउँछन्। 

चुमनुब्री गाउँपालिकामा तीन सय चार, शहिद लखन गाउँपालिकामा तीन सय तीन, बारपाक सुलिकोट गाउँपालिकामा दुई सय १०, धार्चे गाउँपालिकामा एक सय ५१, आरुघाट गाउँपालिकामा एक सय ८९, अजिरकोट गाउँपालिकामा एक सय २२, भिमसेन थापा गाउँपालिकामा एक सय छ लाभग्राहीले अनुदान सम्झौता गरेका छैनन्। कतिपय लाभग्राहीको भने जग्गाको समस्या, भूमिहीन सुकुम्बासी हुँदा समस्या परेको छ।  

गोरखामा अहिले सम्म ६७ हजार आठ सय १० जनाले पहिलो किस्ता, ६० हजार सात सय ८३ जनाले दोस्रो र ५७ हजार ८३ जनाले तेस्रो किस्ताको रकम लिईसकेका छन्।  

प्रकाशित: ११ आश्विन २०७७ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App