८ वैशाख २०८१ शनिबार
समाज

बैतडीको पुर्चाैडी नगरपालिका सिल

बैतडीको पुर्चाैडी नगरपालिका अनिश्चत कालका लागि सिल गरिएको छ। भारतबाट फर्केका पुर्चौडी नगरपालिका–३ का एक युवक बाटोमै मृत्यु भएपछि नगरपालिका पूर्णरुपमा सिल गरिएको हो। उनको मृत्युपछि कोरोना परीक्षण गर्दा पिसिआर रोपोर्ट पोजेटिभ आएकाले  नगरपालिकाको आकस्मिक बैठकले सिल गर्ने निर्णय गरिएको हो। 

शुक्रबार मृत भेटिएका पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले अनिश्चत कालका लागि सिल गरिएको हो। नगरपालिकाले सुचना जारी गर्दै स्वास्थ्य सेवा बोहकका नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द गरिएको जनाइएको छ। त्यसैगरी व्यवसाय तथा आवतजावतमा पनि पूर्ण रुपमा बन्द गरिएकाले एक वडाबाट अर्काे वडामा आवतजावतन पनि बन्द गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७७ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App