coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'संक्रमणबाट बच्न अब व्यक्ति–व्यक्तिले सतर्कता अपनाऔं'

प्रेस संगठन नेपाल ताप्लेजुङले एक बिज्ञप्ती प्रकाशित गरी कोरोना संक्रमणबाट बँच्न अब व्यक्ति–व्यक्तिले सतर्कता अपनाउनुपर्ने खाँचो औंल्याएको छ।  

कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सबैभन्दा उत्तम उपाय भनेकै व्यक्तिगत स्वास्थ्य सुरक्षामा ध्यान दिनु अब जिल्ला बाहिरको भ्रमण गरेकाले कम्तिमा १४ दिन होम क्वारेन्टिनमा बस्नु रहेको संगठनले भनेको छ। जिल्ला संयोजक कमलप्रसाद भट्टराई तथा सहसंयोजक दिनेश लिङ्खिमद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सार्वजनिक यातायात तथा आन्तरिक हवाइ उडान सुरु भएकोले अवस्थामा अब ताप्लेजुङ भित्रने प्रत्येक नागरिकले कम्तिमा १४ दिन होम क्वारेन्टिनमा बसेर संक्रमण अन्यत्र फैलन नदिन सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ।  

सार्वजनिक यातायात तथा आन्तरिक हवाइ उडान सुरु भएपछि मान्छेले संक्रमणको सन्त्रास पूरै समाप्त भएजस्तो गरी सतर्कता अपनाउन छाडेको प्रति प्रेस संगठनले चिन्ता जनाएको छ। उसले हेलचेक्रयाँईले संक्रमण फैलने जोखिम मात्र नभई आफ्नै स्वास्थ्य सुरक्षामा समेत समस्या आईपर्ने भएकोले त्यसतर्फ ध्यान दिन आम नागरिकलाई आग्रह गरेको छ।  

संगठनले अत्यावश्यक काममा बाहेक बाहिरी जिल्लाको भ्रमणमा नजान र अनावश्यक काममा हिड्डुल नगर्न समेत आम नागरिकहरुलाई आग्रह गरेको छ। ‘देश भित्रकै अन्य कुनै जिल्लाको भ्रमण गरेर फर्किएका नागरिकले भएपनि कम्तिमा १४ दिन अलग्गै बस्ने, परिवार, आफन्त वा छिमेकीसंग भेटघाट नगर्ने तथा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्ने हो भने संक्रमण फैलन मात्र नभई संत्रमण हुनै नदिन पनि सकिन्छ’ बिज्ञप्तीमा भनिएको छ।  

पीसीआर परीक्षणको रिपोर्ट साथमै भएका भारतसहित तेस्रो मुलुकबाट फर्किएका समेत नागरिकहरुले पनि कम्तिमा १४ दिन होम क्वारेन्टिनमा प्रभावकारी ढंगले बस्नु पर्ने प्रेस संगठनको आग्रह छ। पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएकाहरुमा पनि स्वाब संकलन भएको दिनसम्म मात्र संक्रमण नभएको देखिने तर यात्राका क्रममा संक्रमण भइसकेको हुन सक्ने भएकोले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुने बित्तिकै सबैदिन संक्रमणबाट पूरै मुक्त भएको भन्न नसकिने उसको ठम्याई छ।  

संगठनले कोरोना नियन्त्रण तथा व्यवस्थापन कार्यमा खटिएका व्यक्ति तथा संस्थाहरुलाई थप आत्मबल र उच्च मनोवलको आवश्यकता पर्ने भन्दै उनीहरुलाई सघाउ गर्नेतर्फ ध्यान केन्द्रित गर्न आम नागरिकहरुलाई आग्रह गरेको छ।

प्रकाशित: ११ आश्विन २०७७ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App