coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालय बनाउँदै सेना

चन्दननाथ नगरपालिका २ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा नेपाली सेनाले विद्यालय भवन निर्माण गरिदिएको छ। नागरिक सैनिक सहयोग कार्यक्रम अन्र्तगत २५ लाख रुपैयाँमा दुई तले विद्यालय भवन निर्माण गरेपछि पठनपाठनमा सहजता आएको हो। जुम्ला स्थित नन्दबक्स गणका सैनिक जनशक्तिले विद्यालयको भवन बास्केटबल कोर्टसहितका संरचना निर्माण गरेको हो।  

विद्यालयमा भवन पनि बन्यो। बास्केटबलको कोर्ट पनि बन्यो। विद्यालयका प्रधानाध्यापक मिनप्रसाद शर्माले भने,‘ सेनाले शैक्षिक क्षेत्रमा काम गर्न थालेपछि निकै सहज भएको छ। विद्यालयसंग समन्वय गर्छ। यसले सेना र जनताबीचको सम्बन्ध सुमधुर बनेको छ।’

नेपाली सेना उत्तर पश्चिम पृतनापति उपरथी विज्ञानदेव पाण्डेले भवनको उद्घाटन गर्दै सेना समाजका हरेक समस्यासंग जुध्न एकाकार भएर लाग्ने बताए। उनले भने,‘नेपाली सेनाले समुदायमा थुप्रै काम गर्दै आइरहेको छ। यस्ता कार्यक्रमले जनता र सेनाबीचको सम्बन्ध सुधार भएको छ। आगामी दिनमा पनि हरेक निकायसंग समन्वय गरेर काम गर्न नेपाली सेना तयार हुनेछ।’

अनामनगर विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको संख्या अत्याधिक थियो। विद्यालय भवनको कमि थियो। तत्काल कहि कतैबाट योजनाहरु पर्ने सम्भावना थिएन। विद्यालय व्यवस्थापन समितिले आग्रह गरेको थियो। श्री २४ नं. बाहिनी अड्डा पूर्व बाहिनीपति दिपक बानीयाँले समन्वय गरेका थिए। त्यही अनुसार विद्यालय भवन बन्यो।

सेनाले विद्यालयको भवन निर्माण गरिदिएपछि शिक्षक, अभिभावक र विद्यार्थी निकै खुसी छन् ।  

प्राविधिक स्टमेट ५६ लाख रुपैयाँको भएपनि नेपाली सेनाबाट २५ लाख रुपैयाँ मात्र रकम विनियोजन भएको थियो। विद्यालयमा चारकोठे भवन पक्की बास्केटबल कोर्ट, सेप्टिक टयांकी र शौचालय निर्माण भएको बाहिनीपति यमबहादुर सापकोटाले जानकारी दिए। उनले भने,‘गत वर्षको कार्तिकदेखि निर्माण शुरु भएको विद्यालय भवन निर्माणको काम समयमै सकिएको थियो। कोराना भाइरसको जोखिमको अवस्थामा पनि सामाजिक दूरी कायम गर्दै सानो समूहमा निर्माण कार्यलाई निरन्तरता दिइएको थियो। 

नेपाली सेना उत्तर पश्चिम पृतना हेडक्वाटर  र श्री नं. २४ बाहिनीका निर्देशन, अनुगमन, सुपरिवेक्षण घटिघटाउको अवधारणामा निर्मित संरचनाहरुमा स्वीकृति, डिजाइन र लागतभित्र आपुर्ति कर्ताले सामान प्रयोग गरिएको हो। स्थानीय आवश्यकता अनुसार स्टमेटमा नभएका केही थप कार्यहरु पनि भएका हुन्।

जुम्ला तातोपानी गाउँपालिका ४ को गणेश आधारभुत विद्यालय भवन नेपाली सेनाले निर्माण गर्यो। विद्यार्थी भवन नहुँदा खुला चौरमा बस्न बाध्य थिए। सानो कच्ची भवनमा हालिएको जस्ता हावाले उडाउँथ्यो। हावा हुरी, वर्षा र हिमपातले विद्यालयको पढाई प्रभावित बनाउँथ्यो। तर खलंगास्थित तत्कालिन भगवती दल गणले गाउँमा विद्यालय भवन बनाईदिएपछि पक्की भवन भित्र विद्यार्थी खुसी पुर्वक पढ्न थालेका छन्।  

विद्यालय भवन जीर्ण वन्दै गएपछि विद्यार्थीको जोखिमताका आधारमा नेपाली सेनाले आफ्नै लगानीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो। दुर्गममा जीर्ण भवनमा जोखिमपुर्ण अवस्थामा अध्ययन अध्यापन गर्ने दिन गएका छन्, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने,‘ भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नेपाली सेनाको योगदान विर्षन सक्ने छैनौ।’

नेपाली सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनोस भन्नका लागि सामाजिक काममा पछिल्लो समयमा नेपाली सैनिक सक्रिय हुँदै आएको छ। विपत, नहर सिँचाइ, मठमन्दिरको सफाई गर्दै आएका थियो। विद्यालयको भवन बनाएर विद्यार्थीको पढाईमा सहजता ल्याउनको लागि यो पटक भवन निर्माणमा जुटेको हो।

नेपाली सेनाले गुठिचौर गाउँपालिकास्थित शंकर प्राविमा पनि विद्यालयको झ्याल ढोका निर्माणमा सैनिक टोलीले सहयोग गरेको थियो।

प्रकाशित: ११ आश्विन २०७७ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App