८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ७ बहानन्देमा बालुवा बोकेर आउँदै गरेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा २७ वर्षीय दीपेन्द्र ओख्राबु लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। काबेलीखोलाबाट बालुवा बोकेर आउँदै गरेको डेबिट खिम्दिङ कन्ट्रक्सनको नाममा रहेकको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले घटनास्थलमा प्रहरी टोली परिचालित भईसकेको र थप बिवरण आउन बाँकी रहेको जानकारी दिएको छ।  

प्रकाशित: ११ आश्विन २०७७ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App