coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अस्पतालको गेटमा पुग्दै संक्रमितको मृत्यु

झापाबाट उपचारका लागि ल्याइएका एक पुरुषको शनिबार राति विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।झापा कनकाई–९ का ४७ वर्षीय पुरुषलाई थप उपचारका लागि विराटनगर ल्याइएको अस्पतालले जनाएको छ । मोरङका जनस्वास्थ्य प्रमुख तथा केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार झापाबाट ल्याइएका संक्रमित पुरुषलाई एम्बुलेन्सबाट झिक्दाझिक्दै शनिबार राति करिब ११ बजे मृत्यु भएको हो ।  

पुरुषको शरीर कमजोर हुने, ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । भदौ ८ गते कोरोना पुष्टि भएपछि पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको बस्नेतले जानकारी दिए ।  

मेची अस्पतालमा उपचाद गर्दागर्दै अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि विराटनगर ल्याइएको थियो । ‘उपचारका लागि आइसोलेसनमा लैजानलाई एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमितको मृत्यु भयो,’ बस्नेतले भने, ‘स्वास्थ्य अवस्था नाजुक भएर थप उपचारका लागि ल्याइएको रहेछ ।’

यसैसँगै प्रदेश १ मा हालसम्म कोरोनाबाट १८ महिला र ४५ पुरुष गरी ६३ जनाको मृत्यु भएको छ । प्रदेशका मात्रै १६ महिला र ३४ पुरुष गरी ५० जनाको मृत्यु भएको छ भने बाँकी प्रदेश १ बाहिरको रहेको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।  

प्रकाशित: ११ आश्विन २०७७ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App