अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले ३० परिवार विस्थापित भएका छन्। जमिन भासिएपछि शितगंगाको वडा न १२ जोखलेगैरामा सबैभन्दा धेरै घर विस्थापित भएका छन्।
नगरप्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार १७ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। अन्य घर पहिरोको जोखिममा भएकाले तत्काल स्थानीयहरुकै घरमा सुरक्षित रुपमा राखिएको छ। अर्घाखाँचीको सन्धिखर्ककको भुजुङगेका ७ परिवारलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरि पाल्पाको तिनाउ गाउँपालिका दोभान, झुम्सा र घोसेबासका ८ घरमा क्षति पुर्याएको छ। दोभान प्रहरी चौकीका अनुसार दोभानको घोडेबासका टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुर्याएको छ। तिनाउ गाउँपालिका–२ कै भीमबहादुर भुजेलको घर पूर्ण रुपमा क्षति भएको छ।
प्रकाशित: १० आश्विन २०७७ १२:५९ शनिबार