७ वैशाख २०८१ शुक्रबार
समाज

गोरु काटेर खाएको अभियोगमा तीन पक्राउ

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीमा गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारीका २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय टीकाराम दनुवार रहेका जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।  

आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको, गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनेर स्थानीयवासीले प्रहरी चौकी खबर गरेका थिए। उखुबारीमा गाडिएको अवस्थामा टाउको र खुट्टासमेत फेला पारिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७७ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App