८ वैशाख २०८१ शनिबार
समाज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साढे २२ हजारको कोरोना जाँच

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत वैशाख यता २२ हजार ५ सय जनाको कोरोना परीक्षण गरिएको छ। आफ्नो दोस्रो वार्षिकोत्सवको मुखैमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले २२ हजार ४ सय ८९ जनाको कोरोना जाँच गरिएको जानकारी दिएको छ। प्रतिष्ठानले असोज १२ गते आफ्नो दोस्रो वार्षिकोत्सव मनाउँदै छ।  

परीक्षण भएको कुल संख्या मध्य १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी प्रतिष्ठानले दिएको छ। २१ हजार १ सय ३ जनाको कोरोना रिपोर्ट नेगेटिभ रहेको प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले जानकारी दिईन्।  प्रतिष्ठानमा गत ११ वैशाखदेखि कोरोना परीक्षण सुुरु गरिएको थियो। प्रतिष्ठानमा दाङ लगाएत छिमेकी जिल्लाहरु सल्यान, रकुम, प्यूठान, रोल्पा, बाँके, बर्दिया सुर्खेतका नागरिकहरुको स्वाब परीक्षण गरिएको छ। छोटो अवधिमै प्रतिष्ठानले यो संख्यामा कोरोना परीक्षण गर्नु ठूलो उपलब्धी रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.सागर पन्थिले जानकारी दिए।  

‘कोरोना परीक्षण सेवा सुरु भएको पहिलो ५ हप्तामा १५ हजार जनाको परीक्षण गरिएको थियो,’ डा. पन्थीले भने ‘अहिले सम्म प्रतिष्ठानको प्रयोगशालामा साढे २२ हजार जनाको कोरोना परीक्षण भएको छ, प्रतिष्ठानको यो परीक्षण गति धेरै राम्रो हो, हामीहरुले कोरोना परीक्षणमा धेरै राम्रो गरेका हौँ।’ अहिले भने कोरोना परीक्षणको गति पहिलेको भन्दा कम भएको छ। सरकारले लक्षणविहीनहरुको कोरोना परीक्षणनै नगर्ने बताएपछि अहिले समुदायस्तरमा स्थानीयतहहरुले स्वाब संकलन गर्न छोडेका छन्। समुदायस्तरमा स्वाब संकलनको काम रोकिएपछि प्रतिष्ठानमा सशूल्क परीक्षणका लागि जानेहरुको संख्या मात्रै छ।  

यसैगरि गत आर्थिक वर्षमा प्रतिष्ठानले ३४ हजार २९ जनालाई ईमरजेन्सी सेवा प्रदान गरेको जनाएको छ। यो अघिल्लो आर्थिक वर्ष भन्दा झण्डै चार हजारले बढी हो। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ३० हजार १ सय ७७ जनालाई यो सेवा दिईएको थियो। यसैगरि गत आर्थिक वर्ष ८० हजार जनाले बहिरंग सेवा पाएका छन् भने ९ हजार १ सय ९५ जनाले अन्तरंग सेवा पाएका छन्। ४ हजार ६ सय १७ जनालाई सुत्केरी सेवा प्रदान गरेको प्रतिष्ठानले ४ हजार ८२ जनालाई शल्यक्रिया सेवा दिएको छ। यसैगरि १ हजार ६ सय ७८ जनालाई डायलासिस सेवा प्रदान गरेको जनाएको प्रतिष्ठानले सामाजिक सेवा ईकाई मार्फत ९ सय ९८ जनालाई निःशूल्क सेवा समेत उपलब्ध गराएको छ।  

प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले कोरोना महामारीको उच्च जोखिमका बेला पनि प्रतिष्ठान आफ्नो सेवा प्रवाहमा कतै बिचलित नभएको बताइन्। विभिन्न समस्याका बावजुत पनि प्रतिष्ठानको जनशक्ति निरन्तर स्वास्थ्य क्षेत्रमा खटिएको उनको भनाई छ। ‘यस्तो महामारीका बेला पनि प्रतिष्ठान स्वास्थ्य उपचार प्रदान गर्ने सवालमा कहिँकतै चुकेन,’ उनले भनिन् ‘विभिन्न चुनौती, समस्याहरु थिए तथापी सिमित जनशक्ति सिमित स्रोत साधनका बावजुत पनि निरन्तर स्वास्थ्य क्षेत्रमै खटिईरहेको छ।’

यसैबीच प्रतिष्ठानले तत्कालै नर्सिङको अध्ययन सुरु गर्ने गरि तयारी अगाडी बढाएको  जनाएको छ। कोरोना महामारीका कारण नर्सिङ कक्षा सञ्चालनको प्रकृया केहिपछि धकेलिन पुगेको प्रतिष्ठानको भनाई छ। प्रतिष्ठानले आफ्नो तर्फबाट हरेक तहका कक्षाहरु सञ्चालन गर्न तयार रहेपनि सरकारले आवश्यक चासो दिन नसक्दा समस्या उत्पन्न हुँदै आएको प्रतिष्ठानको भनाई छ। चिकित्सा शिक्षा सञ्चालनका लागि सरकारले आवश्यक बजेट र जनशक्ति उपलब्ध नगराउँदा समस्या भएको प्रतिष्ठानले जनाएको छ। 

प्रकाशित: १० आश्विन २०७७ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App