१६ चैत्र २०८० शुक्रबार
समाज

प्रदेश १ः १ सय ६ संक्रमित थपिए, १ सय १९ डिस्चार्ज

कोरोना भाइरसका १ सय ६ जना संक्रमित शनिबार प्रदेश १ मा थपिँदा १ सय १९ जना संक्रमित विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन्। मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन्। मोरङकै बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

उता सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहबीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५५ पुगेको छ।  

प्रदेशका विभिन्न आइसोलेसनबाट १ सय १९ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाँउबाट ५, नोबेल मेडिकल कलेजबाट ३, भानुजन मावि आइसोलेसन ताप्लेजुङ, बैजनाथपुर आइसोलेसन विराटनगर र कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट १–१ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय ८८ पुगेको छ।  

प्रदेशमा शनिबार ५ सय ८८ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख २० हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७७ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App