६ चैत्र २०८० मंगलबार
समाज

निरन्तर वर्षातका कारण धनकुटामा ५ घरमा क्षति

केहिदिन देखिको निरन्तर वर्षातका कारण धनकुटामा ५ घरमा क्षति पुगेको छ। धनकुटा नगरपालिका–५ छुङदेन टोलका राजकुमार राइको छोरा लिला बहादुर राइको ढुंगामाटोले बनेको टिनको छानो भएको १ तले घरको कुनामा रहेको ढुंगामाटोले बनाएको वाल भत्किदा वालले पुरेर पूर्णरुपमा क्षति पुगेको छ। सोहि स्थानमा ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरको बारदली भत्किएर वालहरु चर्किएको घर भित्र रहेको सरसामानहरु सुरक्षित स्थानमा सारिएको छ भने मानवीय तथा चौपाए क्षति नभएको प्रहरीले जनाएको छ। घर भित्र रहेको १० वटा कुखुरा, खाद्यन्न सरसामान लत्तकपडा, पुरिदा ३५ लाख बराबरको क्षति भएको छ।  

त्यस्तै धनकुटा महालक्ष्मी नगरपालिका वडा नं ५ रामबजारमा विजय साहको ढुंगामाटोले बनेको टिनको छाना भएको २ तले घर भत्किदा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ। आज बिहान परेको पानिका कारण ११ बजेर ४० मिनेटको समयमा घर भत्किएको प्रहरीले जनाएको छ। उद्धारका लागि लेगुवा प्रहरी कार्यलय को कमाण्डमा टोली खटिएको  जिल्ला प्रहरी कार्यलयले जनाएको छ।  

त्यस्तै आज मध्यन्न १२ वजे गरी धनकुटा नगरपालिका वडा नं ५ स्थित बिहीबार हटिया नजिक बस्ने चान बहादुर लिम्बुको ढुंगा माटो र इट्टाले बनेको टिनको छाना भएको २ तले कच्ची घर भत्किदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ। घर भित्र रहेको लत्ता कपडा,  सरसामान र काठहरु बाहिर निकालिएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन।  

त्यस्तै धनकुटा नगरपालिका वडा नं ४ श्रमिकटोल बस्ने रेवती प्रसाद गुरागाइको ढुंगा, माटो र इट्टाले बनेको टिनको छाना भएको २ तल्ले कच्चि घर आंसिक रुपमा क्षति भएको छ। तर तत्काल बस्न सक्ने अवस्था नरहेकाले घरभित्र रहेको सरसमान तथा मानिस समेतलाई सुरक्षित स्थानमा सारिएको छ।  

धनकुटा नगरपालिका वडा नं ९ ढोडेनी बस्ने अमृत राइको ढुंङगा र माटोको भुइतले घर भासिएर मान्छे बस्न नमिल्ने गरी  चर्किएको जिल्ला प्रहरीकार्यलय धनकुटाले जानकारीदिएको छ।  

अमृत राइको ४ जनाको परिवारलाई आफ्नै अर्को गोठघरमा सारिएको प्रहरीले जनाएको छ। त्यस्तै गरी सोहि वडाका गुठिटार बस्ने अर्जुन राइको इट्टा र सिमेन्टको गाह्रो टिनको छाना भएको ३ कोठे घरको अगाडि पट्टिको बरण्डा जमिनसंगै घर चर्किएर घरमा मानिस बस्न नमिल्ने गरी क्षति पु¥याएको छ। घरमा मान्छे बस्न नमिल्ने भएपछि  अर्जुन राइको ३ जनाको परिवार अहिले शशुरालीमा सरेर बसिरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ। अहिले धनकुटामा निरन्तर  पानि परिरहेको छ।  

प्रकाशित: १० आश्विन २०७७ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App