६ चैत्र २०८० मंगलबार
समाज

कोरोनाबाट सप्तरीका प्राध्यापकको मृत्यु

कोरोना संक्रमणबाट सप्तरी राजबिराजका एक प्राध्यापकको मृत्यु भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय प्राध्यापकको शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए। उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए।  

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। धरानमा गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीलाई प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसनमा सारिएको थियो। यससँगै कोरोना संक्रमणबाट सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। 

प्रकाशित: १० आश्विन २०७७ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App