१६ चैत्र २०८० शुक्रबार
समाज

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए ।

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ । 
रासस

प्रकाशित: १० आश्विन २०७७ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App