१५ चैत्र २०८० बिहीबार
समाज

सम्झौता कार्यान्वयन अवस्था सार्वजनिक गर्न आयोगको माग

चिकित्सा शिक्षा सुधारका लागि सरकार र डा. गोविन्द केसीबीच विगतमा भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग माग गरेको छ ।

सम्झौता कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ बाबिरामस्ट मन्दिरमा भदौ २९ देखि आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य जीवन रक्षाप्रति संवेदनशील बन्नसमेत आग्रह गरेको छ । डा. केसीको स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि तीन दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।  

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताउँदै स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम, ग्लुकोजको मात्रा कम हुँदै गएको भन्दै जीवन रक्षा गर्नुपर्ने बताएको छ । पटकपटकको अनशनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेको संक्रमणको उच्च जोखिम रहेकाले जीवन रक्षाको आवश्यक पहल गरिदिन अनुरोध गरेको छ ।  

‘चिकित्सा शिक्षा जस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील हुन, डा. केसीसँग सरकारले पटकपटक गरेका सम्झौताप्रति गम्भीर हुँदै जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा भएका सम्झौताको कार्यान्वयनबारे सार्वजनिक गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँछ ।’ आयोगले आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित: १० आश्विन २०७७ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App