१६ चैत्र २०८० शुक्रबार
समाज

डलर देखाई रकम लुटपाट गर्ने पाँचजना पक्राउ

अमेरिकन डलर देखाई नेपाली रुपैयाँ लुटपाट गर्नेहरुलाई भक्तपुर प्रहरीले शुक्रबार पक्राउ गरेको छ। बिहीबार सुर्यबिनायक न.पा. वडा नं. २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौ धापासी बस्ने व्यक्तिलाई  डलर देखाई नेपाली ५ लाख रुपैयाँ लुटी फरार भएको घटनामा संलग्नहरुको खोजतलास गर्दै जाँदा शुक्रबार भक्तपुर मध्यपुरठिमी न.पा. वडा नं. ९ बाट उनीहरुलाई पक्राउ गरि घटनाको बारेमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भइरहेको परिसले जनाएको छ।  

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल काठमाडौ गोकर्णेश्वर न.पा. १ बस्ने वर्ष ३६ का खेलबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल काठमाडौ गोकर्णेश्वर न.पा. १ बस्ने वर्ष ३३ का रेलबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष ५६ का श्यामबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी न.पा. वडा नं.९ बस्ने वर्ष २५ को रामकृष्ण तामाङ,  सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष ३२ की कान्छी तामाङ रहेको प्रहरीले जनाएको छ। उनीहरुबाट दुई लाख ४२ हजार नौ सय ३५ रुपैयाँं, बिभिन्न कम्पनीका मोबाईल ५ थान, मोटरसाइकल दुई थान, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो–२ बण्डल बरामद गरेको प्रहरीले जनाएको छ।  

विगत केही समयदेखि भक्तपुर जिल्लाका व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरी पहिलादेखि नै चिनजान भएको जस्तो व्यवहार गर्दै आफूसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनी बिभिन्न बहाना बनाएर ठगी गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको परिसरले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७७ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App