पहिरोले घर पुरीदा वेपत्ता भएका पाल्पाका ५ जना मध्ये ३ जनाको शव भेटिएको छ। अविरल वर्षाका कारण बिहीबार पहिरो जादा रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित सुरुङडाडाका ५ जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शुक्रबार स्थानीय र पैदल हिडेर पुगेको सुरक्षाकर्मीले बेपत्ताहरुको खोजी गरेको हो।
बेपत्ता भएका ६० वर्षीय हुमबहादुर गाहा उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा शव अझै भेटिएको छैन। छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया खुमिसरा आले र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहाको भने शुक्रबार दिउँसो शव भेटिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। दुई जनाको शव देखिए पनि पहिरोबाट भने निकाल्न नसकिएको प्रजिअ न्यौपानेले बताए।
भारी वर्षाका कारण बिहीबार उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमै पुग्न सकेन। शुक्रबार पनि सडक अवरुद्ध भएकाले हिडेर शवको खोजीका लागि सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको प्रजिअ न्यौपानेले बताए। अविरल वर्षापछि पहिरोले घर पुरिदा एक गर्भवती महिला र ५ जना बेपत्ता भएका थिए।
प्रकाशित: ९ आश्विन २०७७ १३:५१ शुक्रबार