१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुर महानगर र गोदावरीका मेयरलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। उनलाई शुक्रबार कोरोना पुष्टि भएको हो। महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिएका छन्। मेयर महर्जन घरमै आइसोलेसनमा बसेको महानगरका प्रवक्ता राजु महर्जनले बताए। यस्तै गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनलाई पनि कोरोना पोजेटिभ देखिएको छ।

यस अघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि भएको थियो।  

 

 

प्रकाशित: ९ आश्विन २०७७ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App