coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ः ८५ संक्रमित थपिए, संक्रमणबाट २ को मृत्यु

प्रदेश १ मा दुई जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। मोरङको कानेपोखरी र सप्तरीको राजविराजका २ पुरुष संक्रमितको धरानमा मृत्यु भएको हो। शुक्रबार प्रदेशमा ८५ जना कोरोना संक्रमित थपिँदा ३८ जना डिस्चार्ज भएका छन्।  

प्रदेश १ को मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैँचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

उता सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहबीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४९ पुगेको छ।  

त्यसैगरी शुक्रबार प्रदेशमा ३८ जना डिस्चार्ज भएका छन्। कोभिड-१९ आइसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आइसोलेसन केन्द्रबाट ८, होम आइसोलेसनबाट ८, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरबाट ६, न्यूरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५६ पुगेको छ।

प्रदेशमा शुक्रबार ६ सय २५ जनाका पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख १९ हजार ४ सय ३५ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  

त्यस्तै सुनसरी धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङको कानेपोखरी गाउँपालिकाका ५५ वर्षीय र सप्तरीको राजविराजका ७० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार राजविराज वृद्धको बिहीबार राति ११ बजे र कानेपोखरीका वृद्धको राति साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो।  

भदौ २८ गते भर्ना भएका राजविराजका वृद्धमा ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ र निमोनियासहित कोभिड-१९ पोजिटिभ देखिएको थियो। त्यसैगरी, कानेपोखरीका वृद्धमा बिपीकै सर्जिकल वार्डबाट पिसिआर पोजिटिभ देखिएपछि कोभिड-१९ अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको थियो। उनको आन्द्रामा क्यान्सर भएर जटिल शल्यक्रिया गरिएको र शरीरको अन्य भागमा समेत क्यान्सर फैलिसकेको अवस्था रहेको प्रवक्ता सापकोटाले बताए।  

यससँगै प्रतिष्ठानमा हालसम्म ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने प्रदेश १ मा हालसम्म ६१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७७ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App