८ वैशाख २०८१ शनिबार
समाज

बाढीले बगाएर बेपत्ता भएका विद्युत कर्मचारीको शव फेला

कपिलवस्तुको बाणगांग नगरपालिकाको कोईली खोलीमा आएको बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यालय जितपुरका प्रमुख कृष्ण पौडेलको शव शुक्रबार दिउँसो फेला परेको छ। पौडेलको तीन दिनपछि आज शव फेला परेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।  

बेपत्ता पौडेलको ३ दिनदेखि नेपाली सेना, सशस्त्र प्रहरीसहित गोताखोरको टोलीले खाजीकार्य जारी राखेको थियो। पौडेलको शव बुद्धभुमी नगरपालिका–२ कुटीनिर फेला परेको हो। सगराहवाको पश्चिम तर्फ शव भेटिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।  

बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कज्वे पुलमा आएको बाढीले विद्युत कार्यालयको बा. १ च. १०८९ पजेरो बगाउँदा ६ जनालाई बगाएको थियो। जसमा ३ जना पौडिएर बाच्न सफल भएका थिए भने ३ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ९ आश्विन २०७७ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App