१६ चैत्र २०८० शुक्रबार
समाज

रिब्दुङ महेश्वरीको वनगाउँमा विद्युत

खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीको वनगाउँमा विद्युत विस्तार गरिएको छ। नेपाल विद्युत प्राधिकरणको बजेटमा वनगाउँमा केन्द्रीय प्रशारणलाईन अन्र्तगतको विद्युत पुर्‍याइएको हो। वडा–वडामा विद्युत विस्तार गर्नेक्रममा वनगाउँमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत उद्घाटन गरेका छन्।  

आर्थिक वर्ष २०७५/०७६ मा प्राधिकरणले विनियोजन गरेको ५५ लाख ४६ हजारमा वनगाउँमा केन्द्रीय प्रशारणलाईन बिस्तार गरिएको हो। हाल वनगाउँका ३५ घरमा वायरिङ गरेर विद्युत छाड्ने तयारी पुरा भएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।  

साविकको रिब्दुङ महेश्वरी–८ र ९ का ९२ घरधुरीमा विद्युत बाल्ने तयारी भइरहेको छ। साविकको रिब्दुङ महेश्वरी–३, ४, ५, ६ र ७ मा स्थानीय सरकार कार्यान्वयनमा आउन अगाडी नै विद्युत विस्तार भइसकेको थियो। त्यी वडामा सामुदायीक विद्युतीकरण अन्र्तगत दुबेकोलबाट विद्युत पुर्‍याइएको हो। साविकको रिब्दुङ महेश्वरी–१ र २ मा पनि अझै विद्युत बिस्तार गर्न बाँकी छ। विद्युत उद्घाटनकाक्रममा पूर्वसभाषद दुर्गाजयन्ती राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निरौला, रावबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेल लगायत वनगाउँ पुगेका थिए।  

स्थानीय तह कार्यान्वयनमा आएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा विद्युत बिस्तार भइसकेको छ। हाल ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा साविकको ऐसेलुखर्क–१, २, ३, ४ र ५ विद्युत बिस्तार गर्ने तयारी भइरहेको छ।  

यस्तै, साविकको ऐसेलुखर्क–६, ७, ८ र ९ मा पनि विद्युतीकरणको काम भइरहेको छ। तर, विद्युतीय सामग्री अभाव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। हालसम्म ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा हालसम्म विद्युत पुग्न बाँकी रहेको जनाइएको छ।

प्रकाशित: ९ आश्विन २०७७ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App