१६ चैत्र २०८० शुक्रबार
समाज

पाल्पा पहिरोः पुरिएका तीन जनाको शव फेला, दुईको खोजी जारी

रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ। पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए।  

पहिरोले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन्। पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७७ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App