१६ चैत्र २०८० शुक्रबार
समाज

बालिकाको बलात्कारपछि हत्या

मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ। जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना कामीको बालत्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय सिम देवताको मन्दिर भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जनाए। बालिका बुधबार बेलुका सिममाडी भन्ने ठाउँमा रहेको गोठमा गाई भैसीलाई घाँस खुवाउन गएकी थिइन्।

गोठमा गएकी सम्झना घर नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। स्थानीय र प्रहरीले खोजी गर्दा उनको शव मन्दिर भित्र फेला परेको डिएसपी खड्काले बताए। गोठमा एक्लै भएको मौका छोपी बालिकालाई मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरेर सम्झनाले कानमा लगाएको सुनको मुद्रासमेत लिएको अवस्थामा शव बिहीबार फेला परेको उनले बताए। प्रहरीले शव फेला पारेपछि घटनाको थप अनुसन्धान सुरु गरेको डिएसपी खड्काले बताए।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय १६ वर्षीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ। तर, बोहरा दोषी हुन वा होइनन् अहिले केही भन्न नसकिने प्रहरीको भनाइ छ। बालिकाका आमा बुबा रोजगारीको लागि भारतमा काम गर्दै आएकाले उनीहरू त्यहीँ छन्। स्थानीय मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्ने सम्झना आफ्नी हजुरआमासँगै बस्दै आएकी थिइन्।

बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पु-याइएको छ। शव परीक्षणपछि आउने रिपोर्टका आधारमा थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ।

प्रकाशित: ९ आश्विन २०७७ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App