१६ चैत्र २०८० शुक्रबार
समाज

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

आठराई गाउँपालिका–४ ईवास्थित केलिङ आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर ईङ्नामले समितिको बैठक बोलाएर आफूले झुण्डिएर आत्महत्या गरेका छन्।  

बिहान १० बजे खाना खाएर बैठक बस्न भनि घरबाट निस्किएका ईङ्नमा अपराह्न २ बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए। खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाँउमा शव झुण्डिएको अवस्थामा फेला परेको वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए।

घट्नास्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि आज साँझ ७ः३० बजे जिल्ला अस्पताल पाचँथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए।

प्रकाशित: ८ आश्विन २०७७ १४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App