१६ चैत्र २०८० शुक्रबार
समाज

खोलाले बगाउँदा रौतहटमा एक बालक बेपत्ता

खोलाले बगाएर रौतहटमा एक बालक बेपत्ता भएको छ। बाख्रा गोठालो गएको बालक खोलाको बाढी हेर्न छेउमा जाँदा तीव्र गतिले बगाएर बालक बेपत्ता भएको हो।

रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ४ का उपेन्द्र राय यादवको करिब ८ वर्षका छोरा रोशन राय यादवलाई खोलाले बगाउँदा बेपत्ता भएको हो। बुबा दाउरा लिन र छोरा बाख्रा चराउन गएको समयमा छोरो बागमती नदीको भावरीघाटमा बाढीको पानीको रमाइलो हेर्न जाँदा दुर्घटना भएको हो। तीव्र गतिको पानीको छेउमा पुग्दा बाढीले बगाएर लगेको हराएका बालकको बुबाको भनाइ छ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। वर्षा भइरहेको र साँझ परिसकेकोले उद्धारमा कठिनाइ भएको छ। प्रहरीको टोली बालकको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ८ आश्विन २०७७ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App