८ वैशाख २०८१ शनिबार
समाज

वर्षाले रौतहटमा भत्किए दुई घर, लाखौको क्षति

लगातारको वर्षाले रौतहटमा दुई घर भत्केर लाखौँको क्षति पुगेको छ। रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ दुई जनाको घर भत्केको हो।

गत मंगलवारदेखि परेको पानीले स्थानीय रामजनम राउत र सत्रुघन ठाकुरको कच्ची घर भत्किएको हो। घर भत्किएर तीन लाख भन्दा बढीको क्षति भएको हो। कुनै मानवीय तथा पशुजन्य क्षति नभए पनि वर्षाले पुर्‍याएको क्षतीले दुई परिवारमा निकै पीडा थपिएको स्थानीयको भनाइ छ।

लगातारको वर्षाले घरको जग नै कमजोर भई ढलेको पीडितले बताएका छन्। कोरोना महामारीले थलिएको घरको आर्थिक अवस्थामा घर भत्केर थप पीडा आएको पीडितको भनाइ छ।

दुई जनाको घर भत्केर तीन लाख बराबरको क्षति भएको तर कुनै चौपाया तथा मानिसलाई कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी गराएका छन्।

प्रकाशित: ८ आश्विन २०७७ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App